site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा
फाइल तस्बिर ।

चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा ल्याइने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन गरिनेछ ।

स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका निम्ति गएको असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालित केबलकार डिजिटलमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अीिट्रयाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यो केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेसमा छ । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro