site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेले निर्धक्क भएर दोषी छैनौँ भन्दै हिँड्नु गैरजिम्मेवार : सांसद महत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू दोषी हैन भन्दै हिँड्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट ल्याएको छानबिन समितिले बताइसकेको उल्लेख गरे । उनले गोर्खा मिडिया सहकारी संस्थाको सदस्य नभइ पैसा ल्याएको बताउँदै सहकारीबाट ल्याएको पैसाले तलब खुवाएको प्रमाणित भइसकेको जिकिर गरे । उनले भने, “गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट ल्याएको छ । अन्यबाट ल्याएको छैन भनेर सभापति सूर्य थापाले भन्नुभयो । गोर्खा मिडिया नै सहकारीबाट चलेको रैछ भनेर भनिसक्नुभयो नि ।”

प्रवक्ता महतले लिनै नहुने पैसा सहकारीबाट लिएको बताए । उनले लामिछाने नै जिम्मेवार पदमा रहँदा पैसा खाएको खुलेको बताउँदै अझै पनि निर्धक्क भएर दोषी छैनौँ भन्दै हिँड्नु गैरजिम्मेवार रहेको जिकिर गरे ।

प्रवक्ता महतले भने, “सबै तलब भत्ता सहकारीकै पैसाबाट चलाएको रहेछ । उहाँ त्यहाँको जिम्मेवार पदमा रहँदा पनि पैसा आएको छ । लिनै नहुने पैसा लिएर उहाँले सञ्चालन गर्नुभएको छ । त्यत्ति हुँदा हुँदै पनि निर्धक्क भएर हामी दोषी हुँदै होइनौँ भनेर हिँड्नुभएको छ । त्योभन्दा गैरजिम्मेवारी केही हुँदैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro