site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानले ‘जनयुद्ध’ चिन्दैन : सांसद न्यौपाने

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले संविधानले ‘जनयुद्ध’ नचिन्ने बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने उनले उल्लेख गरिन् । संविधानले चिनेको शब्द भनिनुपर्नेमा उनले जोड दिइन् ।

Dabur Nepal
NIC Asia

पार्टीका कार्यक्रम, दस्ताबेजमा लेख्ने विषय छुट्टै भएको भन्दै उनले संविधानले चिनेको कुरा मात्र संसद् बैठकमा बोल्नु उचित हुने धारणा व्यक्त गरिन् ।

“अहिले धेरैपटकसम्म यो जनयुद्ध हो कि होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो । संविधानले जनयुद्ध भनेर चिन्दैन । संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो,” उनले भनिन् ।

सांसद न्यौपानले चाडबाडलक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro