site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सांसदहरूलाई भेडाबाख्राको जस्तो व्यवहार भयो’
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले सांसदहरूलाई भेडाबाख्राको व्यवहार गरिएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले सांसदहरूलाई दिनभर संसद्‌मा बोलाएर राखिने र अन्त्यमा स्थगित भएको सूचना दिने गरिएको भन्दै आपत्ति जनाए । उनले संसद् बोलाएर स्थगित गर्ने परम्परा बारम्बार भइरहेको धारणा राखे ।

उनले सांसदहरू भेडाबाख्रा नभएको बताउँदै जनताबाट निर्वाचित जनप्रतिनिधिको सम्मान हुनुपर्नेमा जोड दिए ।

उनले भने, “हामीलाई दिनभरी संसद्‌मा बोलाइन्छ । संसद् बस्दैन । कुर्दा...कुर्दा...कुर्दा अन्त्यमा संसद् स्थगित भयो भनिन्छ । यस्तो परम्परा बारम्बार भइरहेको छ । सांसदहरूलाई भेडाबाख्रा जस्तो दिनभर राखिन्छ । सांसदहरू भेडाबाख्रा होइनन् । जनताबाट निर्वाचित जनप्रतिनिधिको त्यहीअनुसार सम्मान हुनुपर्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro