site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एट्लेटिकोको जितमा आल्भारेजको डेब्यु गोल 

काठमाडौं । अर्जेन्टिनी फरवार्ड हुलियन आल्भारेजले डेब्यु गोल गरेको खेलमा स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको मड्रिडले भ्यालेन्सियाविरुद्ध ३–० को सहज जित निकालेको छ ।

सोमबार राति घरेलु मैदान सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन आल्भारेजसँगै कोनोर गालाघेर र एन्टोइन ग्रिजमनले समान एक गोल गरे ।

खेलको ३९औँ मिनेटमा गालाघेरले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा ग्रिजमनले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा आल्भारेजले स्पेनिस क्लबबाट डेब्यु गोल गरेपछि एट्लेटिकोले ३–० को सहज जित पक्का गरेको हो ।

जितसँगै पाँच खेलबाट ११ अंक जोडेको एट्लेटिको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि एट्लेटिकोले रियाल मड्रिडलाई पछि पारेको हो । तालिकाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भने पाँच खेलबाट १५ अंक जोडेको छ ।

पाँच खेल खेल्दा पनि जितविहीन भ्यालेन्सिया भने एक अंकसहित तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro