site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा शिक्षा आयोगविरुद्ध एमबीबीएसका परीक्षार्थीहरू सर्वोच्चमा

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)का प्रवेश परीक्षार्थीहरूले चिकित्सा शिक्षा आयोगविरुद्ध रिट दायर गरेका छन् । आयोगले पहिलोपटक लिएको परीक्षाको नतिजालाई कायम गर्न माग गर्दै परीक्षार्थीहरूले रिट दायर गरेका हुन् ।

आयोगले पहिलोपटक लिएको परीक्षाको नतिजालाई रद्द गरी दोस्रोपटक लिएर विद्यार्थीमाथि अन्याय गरेको उनीहरूको तर्क छ ।

सर्वोच्चका प्रवक्ता अचुत कुइँकेलका अनुसार, परीक्षार्थीहरूले परीक्षा दिँदाको प्रवेशपत्रसहित रिट दायर गरेका छन् । उनीहरूको रिटमा सर्वोच्चले सोमबारका लागि पेसी तोकेको छ ।

चिकित्सा शिक्षा आयोगको परीक्षामा अनियमितता भएको विषय सार्वजनिक भएपछि संसदीय समितिले नै पुनः परीक्षाका लागि निर्देशन दिएको थियो । तर, असन्तुष्ट विद्यार्थी दोस्रोपटक लिइएको परीक्षाविरुद्ध सर्वोच्च पुगेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro