विदेश

काठमाडौं । इरानको उत्तरी क्षेत्रमा मंगलबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आक्रमणमा चार घर ध्वस्त भएको इरानका स्थानीय अधिकारीहरूले बताएका छन् ।
इरानको गिलान प्रान्तको गभर्नरको कार्यालयले अस्तानेह–ये अशरफियाह सहरमा भएको आक्रमणमा ३३ जना घाइते भएको जनाएको छ । कार्यालयले यसलाई ‘आतंकवादी’ आक्रमणको संज्ञा दिएको छ ।
गिलानका उपगभर्नरले मारिएका वा घाइते हुनेमा १६ महिला र बालबालिका रहेको बताएका छन् ।
“मर्नेहरूमा आणविक वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन् । इजरायली सेनाले रातमा एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको पनि उल्लेख गरेको छ,” केही मिडियाले उल्लेख गरेका छन् ।
बीबीसीबाट ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्