site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र पार्ने प्रयत्न सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिबाट गलत देखिन्छ । विडम्बना, विधि निर्माताहरू भने यति स्पष्ट विषयमा अन्योलमा परेका छन् ।

संसद्मा विचाराधीन भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा निजी क्षेत्र अख्तियारको कार्यक्षेत्रभित्र पार्ने प्रस्ताव गरिएको छ । यही प्रस्तावलगायतका विषयमा सुझाव दिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको हो । 

निजी क्षेत्रलाई पनि अख्तियारको कार्यक्षेत्रभित्र पार्ने विषय सम्भवतः कर्मचारीतहबाट प्रस्तावित भएको हो । नेपालको संविधान, २०७२ र राज्यले अपनाएको खुला अर्थतन्त्रविपरीत हुने यस्तो प्रस्तावमा पनि संसदीय समिति अलमलमा पर्नु आश्चर्यको विषय हो ।

Dabur Nepal
NIC Asia

संसदीय समितिले प्रस्तावित कानुनमा व्यापक छलफल र अध्ययन गराउनु लोकतान्त्रिक अभ्यास नै हो । तर, निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रमा पार्ने विषय संद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले अनुपयुक्त भएकाले त्यसमा अलमलिनु समय र स्रोतको अपव्यय मात्रै हुनेछ ।

पहिलो त अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजनिक पद धारण गरेको व्यक्तिले अख्तियारको दुरुपयोग गरेमा कारबाही गर्न परिकल्पित निकाय हो । यसैले निजी क्षेत्रको क्रियाकलापमा यसलाई  संलग्न गराउनु असंवैधानिक हुन्छ ।

दोस्रो, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति राज्यले अपनाएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले विभिन्न सहुलियतसमेत दिएको देखिन्छ । अख्तियारको कार्यक्षेत्रमा पार्दा निजी क्षेत्र प्रोत्साहित हुँदैन । यसैले निजी व्यावसायिक क्षेत्रका प्रतिनिधिले यो प्रस्तावको विरोध गरेका हुनुपर्छ ।

नेपाल वायु सेवा निगम लगभग धराशायी हुनुको एउटा कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनावश्यक र अनुचित हस्तक्षेप पनि हो । व्यावसायिक संस्थाहरूमा यस्तो हस्तक्षेप प्रत्युत्पादक हुनेगरेको छ । यसैले निजी क्षेत्रलाई अख्तियारको चङ्गुलमा पार्नु आत्मघाती मूर्खता सिद्ध हुने देखिन्छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहास लगभग ६० वर्ष पुरानो भए पनि भ्रष्टाचार नियन्त्रणमा खासै प्रगति हुन सकेको छैन । यसैले अख्तियारको कार्यक्षेत्र विस्तार होइन सीमित गर्ने विषयमा संसदीय समितिले छलफल सुरु गर्नुपर्ने हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहास पनि उज्यालो र उत्साहवर्धक छैन ।  राजनीतिक दलका नेताहरूले आफ्ना प्यादालाई अख्तियारलगायतका संवैधानिक निकायमा स्थापित गर्ने होडले सबै संस्थाको साख गिरेको छ । 

 अख्तियारले निगरानी गर्ने कानुन बन्यो भने निजी क्षेत्र नेपालमा लगानी गर्नबाट हच्किनेमात्र होइन पुँजी पलायनसमेत हुनेछ । मुद्दा खेप्नुपर्ने जोखिमको तरबार झुन्डिएको देखेपछि कुन् मूर्खले  आफ्नो सम्पत्ति लगानी गर्ला ? यसैले पनि निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रमा पार्नु राज्यकै लागि प्रत्युत्पादक हुने निश्चित देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu