देश
काठमाडौं । नेपाल युथ समिट सातबुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही भदौ २८ र २९ गते काठमाडौंमा राष्ट्र निर्माण मञ्च नेपालले उक्त समिट आयोजना गरेको थियो ।
युवा उद्यमशीलता, रोजगारी र स्वदेशी उत्पादनको उपभोग, युवा सशक्तीकरण र नेतृत्व, शिक्षा, प्रविधि र नवप्रवर्तन, सहकार्य, समन्वय र सहयोगमा युवालाई सक्रियतापूर्वक सहभागी गराउनुपर्नेलगायत विषयक घोषणापत्र जारी गरिएको छ ।
समिटका सत्रमा विभिन्न मन्त्री, सांसद, नेता, उद्यमी, व्यवसायी, खेलाडी, बैंकर्स, साहित्यकार, अभियन्तालगायत व्यक्ति सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १३:४७
प्रतिक्रिया दिनुहोस्