site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन : महत
फाइल तस्बिर ।

नुवाकोट । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवं बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्न सक्ने वातावरण रहेको जिकिर गरे । “कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,” उनले भने, “उत्पादित सामग्री बजारसम्म पुर्‍याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।”

पछिल्ला वर्षमा युवावर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको उनले उल्लेख गरे । उनले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे ।

युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहिनेत गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो । “कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरू पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदै छन् । काठमाडौंलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हुँदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौंबाट नजिकको जिल्ला भएकाले यहीँबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ,” डा. महतले भने ।

विदेशी मुद्राका निम्ति विदेश जाने नभई पर्यटक नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवापुस्ताले लिनुपर्ने उनको भनाइ छ । त्यसका निम्ति सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा. महतको स्पष्टोक्ति थियो । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro