site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् ।

नेपाल बाल संगठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले अझै ठूलो संख्यामा बालबालिका बेसहारा र अभिभावकविहीन रहेका उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिए । बालबालिकाले हप्कीदप्की, नियन्त्रण र बन्धनमा होइन, उन्मुक्तिमा बाँच्न पाउनुपर्ने उनले बताए ।

उनले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताए ।

“बाल्यकालदेखि नै बालबालिकाले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लोपटक म प्रधानमन्त्री हुँदा बालबालिका अभिभावकविहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिएँ,” उनले भने, “उनीहरूले आफ्नो नैसर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।”

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलगायत व्यक्ति सहभागी थिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro