site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा गर्छौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वाेच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समयसापेक्ष बनाइने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी निर्देशिकालाई संविधानको व्यवस्थाअनुरूप परिमार्जन गर्न समीक्षा गरिने विश्वास दिलाए । गृहमन्त्री लेखकले भने, “संविधान, ऐन, नियमावलीमा समस्या छैन, निर्देशिकामा समस्या छ भन्ने कुरा आएको छ । कहाँ समस्या छ, अदालतले दिएका आदेशबमोजिम निर्देशिकालाई परिमार्जन गर्न चाँडै टोली बनाएर समीक्षा गर्नेछौँ ।”

उनले त्यसबाट के–कति समस्या सम्बोधन हुन्छ भन्ने विश्लेषण गरी बाँकी पनि सोही प्रक्रियाका आधारमा निरूपण गर्न पहल गरिने बताए ।

अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीडादायी पक्ष भएको उनले उल्लेख गरे । नागरिकता नपाएकै कारण पढ्न र रोजगारी प्राप्त गर्न नसक्नेजस्ता पीडा सम्बोधनका निम्ति सबै जिम्मेवार बन्नुपर्ने उनले धारणा राखे ।

उनले भने, “अब पानीजस्ता अत्यावश्यक वस्तु किनेर खान पनि नागरिकता चाहिन्छ । त्यसैले नागरिकतासम्बन्धी विषयलाई अब छिनोफानो र निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने लागेको छ ।”

गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि कानुन र नीति निर्माणलाई नै आफूले प्राथमिकतामा राखेको उनले सुनाए । ०१२ सालमा बनाइएको प्रहरी ऐन देशमा धेरै शासन व्यवस्था फेरिए पनि कायमै रहेको उनले बताए । अब एक महिनाभित्र उक्त ऐनलाई समयसापेक्ष तुल्याउनका निम्ति अन्तिम रूप दिई संसद्‌मा लैजाने प्रयत्न भइरहेको उनले जानकारी दिए ।

त्यस अवसरमा महिला कानुन तथा विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठ, लामो समयदेखि नागरिकता प्राप्तिका निम्ति संघर्ष गरिरहेका कुमार जोशी र नेहा थापाले ‘आमाको नामबाट नागरिकता प्रदान गर्नू’ भन्ने अदालतको फैसला कार्यान्वयन नहुँदा समस्या भएको बताए ।

आयोजक संस्था न्युज एजेन्सी नेपालका संस्थापक अध्यक्ष कृष्णा पौडेलले मुलुकको नागरिकका हैसियतले प्राप्त गर्नुपर्ने नागरिकताको हकअधिकार सुरक्षित गर्न सरकारलाई आवश्यक व्यवस्था मिलाउन सुझाव दिइन् ।

अधिकारकर्मी होम भट्टराईले नागरिकता प्राप्तिको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुन आवश्यक रहेको धारणा राखे । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro