site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा पोलियो खोप अभियान ‘ठूलो सफलता’: डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार युद्धग्रस्त गाजामा विशाल पोलियो खोप अभियानको पहिलो चरणको सफलताको प्रशंसा गरेका छन् । अभियानमा पाँच लाख ६० हजारभन्दा बढी बालबालिकालाई पहिलो खुराक दिइएको छ ।

उनले सामाजिक सञ्जाल एक्समा भने, “गाजाभर जीवनको दुःखद् दैनिक वास्तविकतामा यो ठूलो सफलता हो ।”

गाजा भग्नावशेषका रूपमा परिणत भएको र यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश इजरायली सैन्य आक्रमणका कारण आफ्ना घरबाट भाग्न बाध्य भएका कारण त्यहाँ रोग फैलिएको छ ।

२५ वर्षमा पोलियोको पहिलो मामिला पुष्टि भएपछि लडाइँमा स्थानीयकृत ‘मानवीय रुकावट’ को सहायताबाट १० वर्षभन्दा कम उमेरका कम्तीमा ९० प्रतिशत बालबालिकालाई लक्षित गर्दै सेप्टेम्बर १ मा ठूलो मात्रामा पोलियो खोप प्रयास सुरु भयो ।

सबैभन्दा पहिला मध्य गाजा, त्यसपछि दक्षिण र अन्त्यमा उत्तरका सबैभन्दा कठिन क्षेत्रमा बालबालिकालाई खोप लगाउने अभियानको पहिलो चरण बिहीबार समाप्त भएको छ ।

११ महिनाभन्दा धेरै समयदेखि घेरिएको गाजामा आवश्यक दोस्रो खुराक प्रदान गर्न नयाँ अभियान करिब चार सातामा सुरु हुनेछ ।

टेड्रोसले भने, “हामी यो जटिल अपरेसनलाई सफल बनाउने सबै स्वास्थ्य टोलीको प्रशंसा गर्दछौँ ।” साथै उनले आफ्ना बालबालिकालाई पोलियो खोप लगाउन ठूलो संख्यामा आउने परिवारहरूप्रति आभार व्यक्त गरे ।

प्राय ढल र दूषित पानीबाट फैलिने पोलियोभाइरस अत्यधिक संक्रामक हुन्छ । यो विकृति र पक्षघातको कारण बन्न सक्छ र सम्भावित रूपमा घातक हुनक्छ । यसले मुख्य रूपमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्दछ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro