site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओरियन्टल होटल्सको लाभांश घोषणा, साधारण सभा असोज २० गते

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्तापुँजीको ५.२६३१६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्ने छन् । साधारण सभा असोज २० गतेका लागि तय गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गरेको छ । असोज ६ गतेसम्म कायम सेयरधनी कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नयोग्य हुने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro