site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
फाइल तस्बिर : पीटीआई ।

काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ ।‍ शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्ज्वल भुइँको इजलासले मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर गरेका थिए । यसमा एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । अर्को सीबीआईको गिरफ्तारीविरुद्ध थियो । सर्वोच्चले सीबीआईको गिरफ्तारीलाई भने वैध ठहर गरेको छ । 

Dabur Nepal
NIC Asia

रिहा भइसकेपछि केजरीवालले मुद्दाबारे सार्वजनिकरूपमा टिप्पणी गर्न पाउने छैनन् । यस्तै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म अदालतमा उपस्थित हुनुपर्ने छ ।

केजरीवाललाई प्रवर्तन निर्देशालय (ईडी)को टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो ।

जुलाई १२ मा केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका थिए । तर, जमानत पाएलगत्तै सीबीआईले केजरीवाललाई पक्राउ गरेको थियो । 

केजरीवाल पक्राउ परेको १७७ दिनपछि रिहा हुन लागेका हुन् ।

एनडीटीभीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro