site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१७ देशका निम्ति सिफारिस राजदूतको सुनुवाइ सकियो, आइतबार ‘अनुमोदन’
सनिल नेपाल ।

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारले १७ देशका निम्ति सिफारिस गरेका राजदूतको सुनुवाइ सकाएको छ । बिहीबार सिंहदबारमा बसेको समितिको बैठकमा चारजनाको सुनुवाइ गरियो । अरू प्रस्तावित राजदूतको यसअघि नै सुनुवाइ गरिएको थियो ।

यही भदौ ३० गते बिहान ९ बजे बस्ने समितिको बैठकबाट ती १७ जनाको नाम अनुमोदन गर्ने तयारी छ ।

Dabur Nepal
NIC Asia

सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

समितिले सरकारले राजदूतमा सिफारिस गरेका चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको सुनुवाइ सकाएको हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro