site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया अस्पताल भर्ना
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार (हिजो) राति अस्पताल भर्ना गरिएको हो ।

बुधबार राति अस्पताल लगिएको उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीया पूर्वप्रधानमन्त्री जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी, फोक्सो, मिर्गौला, जोर्नीशोथलगायत धेरै रोगबाट पीडित थिइन् ।

हालै बंगलादेशमा सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलबीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि अन्तरिम सरकारले जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

जेलबाट छुटेपछि पनि खालिदा जिया स्वास्थ्य जाँचका निम्ति अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् । बीबीबी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro