विदेश
काठमाडौं । भियतनाममा यागी आँधीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।
समाचार एजेन्सी एपीका अनुसार, भियतनाममा आएको सुपर टाइफुन यागी र त्यसपछिको बाढी र पहिरोमा परी १२५ भन्दा धेरै अझै बेपत्ता छन् । अन्य ८०० भन्दा धेरै घाइते भएका छन् ।
भियतनामका राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो ।
एपीबाट ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्