site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चलको पाँचौं चलचित्र ‘डेनी डेन्जरस’

काठमाडौं । निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्र घोषणा गरेका छन् । आफ्नो पाँचौं निर्देशनभन्दै उनले बुधबार नयाँ चलचित्र निर्देशनको घोषणा गरेका हुन् । 

थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको नाम पनि उल्लेख गरेका छन् । उनका अनुसार चलचित्रको नाम ‘डेनी डेन्जरस’ रहनेछ । 

एक्सन जानराको यो चलचित्र सन् २०२५ मा रिलिज गरिने उनले थिम पोस्टरमा उल्लेख गरेका छन् ।

ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको थिम पोस्टरले उनी यो पटक एक्सन चलचित्र बनाउने प्रयासमा रहेको प्रष्ट संकेत गरेको छ । 

रगतले छिर्काले तलपतिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म छ । यसले कथावस्तु संकेत गरेको छ । एक्सन, आक्रमण, प्रतिरोध, बदला र तनावको वरिपरि चलचित्र घुम्ने संकेत थिम पोस्टरले गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro