site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पल इन्टेलिजेन्स : चर्चा बढी, क्षमता कम !

काठमाडौं । 'एप्पल इभेन्ट–२०२४'मा सार्वजनिक गरिएको एप्पल इन्टेलिजेन्सले चर्चा पाएको छ । विश्वभर प्रविधि क्षेत्रका कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का क्षेत्रमा नयाँ काम गर्दै आएका बेला एप्पल इन्टेलिजेन्सबाट पनि विशेष अपेक्षा गरिएको थियो ।

नोट लिने र त्यसलाई सारांशमा ढाल्नेजस्ता फिचर सार्वजनिक गरे पनि एप्पलले अन्य एआईहरूको तुलनामा विशेष कुनै फिचर सार्वजनिक गरेन ।

एप्पल इन्टेलिजेन्सले निकै डिमान्डमा रहेका ‘अन्य एआईले पनि गरिरहेका सर्टकट’ कामहरू गर्छ । यी टेक्स्ट एनालिसिस र जेनेरेसनजस्ता काम आइफोनका लागि राम्रै हुने छन् । एप्पलका सीईओ टिम कुकले सोमबार 'ग्लोटाइम इभेन्ट'मा एप्पल इन्टेलिजेन्समा ब्रेक थ्रू क्षमता रहेको र यसले विशेष प्रभाव पार्ने बताएका थिए ।

के छन् क्षमता ?

  • प्याराग्राफ तथा पाठको पुनर्लेखन,
  • इमेल तथा म्यासेजको सरांश तयार पार्ने,
  • फेक इमोजी तथा क्लिप आर्ट बनाउने,
  • मान्छे, स्थान तथा इभेन्टको फोटो खोज्न सक्ने,
  • क्यामेराबाट देखाएको भरमा खोजी गर्न सक्ने,

एप्पल इन्टेलिजेन्सका यी कुनै पनि क्षमताहरू नयाँ लाग्दैनन् । अहिले लेख्ने तथा सारांश निकाल्ने कयौँ उपकरण उपलब्ध छन् । यस्तै सारांश निकाल्ने काम सबै लार्ज ल्यांग्वेज मोडलले गर्छन् । जेनेरेटिभ आर्ट पनि छ्यापछ्याप्ती उपलब्ध छ । फोटो तथा अन्य खोजी गर्ने फिचर पनि पहिलेदेखि नै उपलब्ध छ ।

यद्यपि, यस्ता सुविधा आइफोनमै उपलब्ध हुनु प्रयोगका लागि सहज पाटो भने हो । तर, यीमध्येका कुनै पनि नयाँ तथा उत्साहपूर्ण छैनन् । गत जुनमै डब्ल्यूडब्ल्यूडीसी इभेन्टमा एप्पले यी विषय सार्वजनिक गरेको थियो र यसमा बग फिक्स गर्नेबाहेक खासै नयाँ अपडेट पनि छैनन्  ।

एप्पलको आइफोन १६ मा यी फिचर समेटिएका हुने छैनन् । पछि नयाँ अपडेटमा उपलब्ध हुने बताइएको छ । यसलाई एप्पलबाट टेक्नोलोजीमा अपेक्षाकृत उपलब्धि नआएको किसिमले टिप्पणी गरिन थालेको छ ।

यस किसिमका ल्यांग्वेज मोडलहरू वैज्ञानिक खोज अनुसन्धान, कोडिङ, मेटेयिर तथा डिजाइन र केही हदसम्म मिडिया क्षेत्रका लागि गेमचेन्जिङ भए पनि अन्य क्षेत्रमा खासै महत्त्वपूर्ण नहुने देखिएको छ । अरू एआई कम्पनीहरूले आफ्ना उत्पादनहरूलाई इन्टरप्राइजेट सास टुलतर्फ विकास गर्न थालेका छन् ।

त्यसैले यस्तो अवस्थामा पुरानै फिचरलाई समेटेको एप्पल इन्टेलिजेन्स र आइफोन १६ लाई कम महत्त्वले हेर्न थालिएको छ ।

टेक क्रन्चबाट ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro