site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जुम्लाका उत्पादन, कैलालीमा व्यापार

कैलाली । कालिकोटकी हंशिला बम हिजोआज यहाँ स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन् । तेह्र वर्षदेखि यनी सिजनअनुसार फलफूलको व्यापार गर्दै आएकी छन् । व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् । घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

“श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थिति मैले  बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उनी भन्छिन्, “मैले जुम्लाका उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।” 

यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन् । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छन् । । 

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि १२० मा बिक्री गर्ने गरेको उनी बताउँछिन् । “एक ट्रक स्याउ ल्याउन एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्छिन्, “जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ ।” 

उनले स्याउसँगै हिउँद याममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकी छन् । उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् । रासस

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro