site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भित्रियो विश्व प्रसिद्ध व्यावसायिक खेल ‘कम्ब्याट तेक्वान्दो’
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यावसायिक रूपमा सञ्चालन हुने भएको हो ।

कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यावसायिक सुरुआतको औपचारिक घोषणा गरेको हो । कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र चार हजारभन्दा बढी व्यावसायिक रेफ्री संलग्न छन् ।

यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यावसायिक खेल प्रतियोगिता हुनेछ । जसमा नेपालसहित विभिन्न देशका चार हजारभन्दा बढी व्यावसायीक तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसको प्रत्यक्ष प्रसारण ईएसपीएन नेटवर्कमा, ईएसपीएन प्लस र डिज्ने प्लस लगायतका ओटीटी प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

कम्ब्याट तेक्वान्दोका संस्थापक तथा अध्यक्ष रिक शिनले कार्यक्रममा सम्बोधन गर्दै नेपाल सम्भावनाको देश भएको बताए । यहीकारण नेपाललाई तेक्वान्दोमा दक्षिण एसियाको हबकारुपमा विकास गर्ने उनले बताए । "नेपालमा थुप्रै सम्भावना भएका तेक्वान्दो खेलाडी छन्," शिनले भने, "यही सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कम्ब्याट तेक्वान्दोको व्यावसायिक खेल सुरु गर्न लागेका हौँ ।"

विश्वव्यापीरुपमा तेक्वान्दोको २० बिलियन अमेरिकी डलरको बजार भएको आँकलन छ । यही बजारलाई मध्यनजर गर्दै गत वर्षदेखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु गरेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कम्ब्याट तेक्वान्दो नेपालका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले औपचारिक सुरुआतको घोषणापछि अब छिट्टै व्यावसायिक रूपमा तेक्वान्दोको प्रतिस्पर्धा सुरु गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro