site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर : थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष छुट

काठमाडौं । घरायसी उपकरण ब्रान्ड माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठलक्षित अफर योजना ल्याएको छ ।

कम्पनीले ‘बाई विन फ्लाई’ नामक अफर योजनामा दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर उपलब्ध गराउने भएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, हरेक हप्ता एकजनाले मिक्स ग्राइन्डर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डका सामान किन्दा पक्का उपहार योजना रहेको कम्पनीले जनाएको छ ।

माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु उपकरण खरिदमा ४६ हजार ५०० रुपैयाँसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, फ्रन्ट लोड वासिङ मेसिन २०० सिरिज खरिदमा राइस कुकुर, फ्रन्ट लोड वासिङ मेसिन १०० सिरिज खरिदमा २ केजी एरियल डिटरजेन्ट र रेफ्रिजरेटर खरिदमा नि:शुल्क टोस्टर मिल्ने सीजीले जनाएको छ ।

डिसवासर खरिदमा नि:शुल्क दुईवटा डिसवासर किट मिल्ने भएको छ । यो अफर नेपालभरका माइडिया डिलर तथा सोरुममा लागु हुने सीजीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro