site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।

दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

“यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झन्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागतरुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक चल्दैगर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन,” राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले आफ्नो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्थासमेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्