site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट खर्च असुल गरिनुपर्छ : सांसद शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको तयारीका क्रममा गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अनुपस्थितिले अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको विषयमा यस्तो आक्रोश पोखेका हुन् ।

“सम्पूर्ण तयारी पूरा भएपछि प्रधानमन्त्रीले म आउँदिनँ, दीक्षान्त सार भनेर आदेश दिनुभयो, हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

बिरामी वा प्रतिकूल मौसमको अवस्थामा अनुपस्थित हुँदा स्वीकार्य हुने भन्दै उनले त्यस्तो अवस्था नरहेको बताए । “भ्यु टावर भए दौडेर जानहुन्थ्यो होला, प्रतिष्ठान भयो, जानु भएन,” उनले थपे ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्नातक तहको परीक्षा रोकिएको विषयमा आफ्ना भातृसंगठनलाई सम्हाल्न पनि सांसद शाहीले ठूला दललाई सुझाव दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro