site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बलिउड अभिनेता सिद्दिकी र निर्देशक कश्यपले हेरे ‘साम्बाला’ (तस्बिरसहित)

काठमाडौं । मिनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपले हेरेका छन् । आइतबार साँझ काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा भएको प्रिमियरमा सहभागी हुँदै उनीहरुले ‘साम्बाला’ हेरेका हुन् ।   

प्रिमियरमा सहभागी हुन उनीहरु शनिबार नेपाल आएका थिए । 

सिद्दिकीले आफू नेपाल पहिलो पटक आएको बताए । ‘साम्बाला’ फिल्म हेर्ने लोभले नै नेपाल आएको उनले बताए । 

1-1725841608.JPG
“म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ”, उनले भने, “फेरि पनि नेपाल अवश्य आउँछु ।” 

निर्देशक अनुराज कश्यपले नेपालको चलचित्र क्षेत्रको विकास हुँदै गएको बताए । यहाँको आतिथ्यता र नेपाली आफूलाई मन परेको उनले बताए ।  

प्रिमियरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्रमार्फत पर्यटन आकर्षित गर्न सकिने बताए । यसमा चलचित्र ‘साम्बाला’ले भूमिका खेल्ने बताए । ‘साम्बाला’ले नेपाली चलचित्र क्षेत्रलाई विश्व बजारमा लैजान सहयोग गर्ने उनको विश्वास छ । 

मन्त्री पाण्डेले सकेसम्म पर्यटक भित्र्याउने र एक पटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न आवश्यक रहेको बताए । 

2-1725841635.JPG
साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । 

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ । 

3-1725841671.JPG
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro