site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन

काठमाडौं । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमाचोन गरिएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधन संकलित छ ।

आइतबार कलिङ साहित्य महोत्सवमा नेपालका निम्ति बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा. जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जीव सन्यालले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् । भूपेन्द्रबहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा उसको उपस्थितबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ।

सार्क बैठकसहित प्रधानमन्त्री मोदी चारपटक नेपाल भ्रमणमा आएका छन् । “यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,” क्षेत्रीले भने ।

पुस्तकको प्रतिमूल्य ५४९ रुपैयाँ राखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro