site stats
बाह्रखरी :: Baahrakhari
कला
सुनीलले भने– मलाई विवादमा नतान्नुस्

काठमाडौं । नाट्यकर्मी सुनील पोखरेलले आफूलाई विवादमा नतान्न आग्रह गरेका छन् । हलिउडको प्रसिद्ध सम्मान ‘वाक अफ फेम’ पाएको भनेर प्रचार भएपछि उनले यसमा आफूलाई विवादमा नपार्न आग्रह गरेका हुन् । 

“साथी हो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनुहोस् । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वास पनि छैन,” सुनीलले फेसबुकमा लेखेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नाटक निर्देशक तथा अभिनेता सुनीलले ‘वाक अफ फेम’ सम्मान पाएको भन्दै उनकै श्रीमतीसमेत रहेकी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्यकर्मी निशा शर्माले सामाजिक सञ्जालमा लेखेपछि यसबारे सञ्चारमाध्यममा समाचार आएको थियो । 

तर, उक्त सम्मान सुनीलले नपाएको भन्ने कुरा आएपछि निशा स्वयंले पनि आफूलाई अमेरिकामा बस्ने साथीले झुक्याएको बताएकी छन् । उनले नाम नै उल्लेख गर्दै च्याटबक्सको म्यासेज समेत सार्वजनिक गरेकी छन् । 

यसअघि बाह्रखरीमा सुनील पोखरेलसँग गरिएको कुराकानीमा आधारित समाचार संशोधन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्