site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्दो क्रममा सेयर बजार, यो साता २२ अंकले घट्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा उतारचढाव देखियो । एक साताको अन्तरालमा बजार २२.२१ अंकले घट्यो । गत साता पनि बजार २२४ अंकले घटेको थियो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ । यस साताको अन्तिम दिनसम्म बजार २,७२७.३६ विन्दुमा बन्द भएको छ ।

यो साता ५९ अर्ब ७७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । गत साता चार दिनमात्र सेयर कारोबार भएको थियो । चार कारोबार दिनमा नै ६४ अर्ब ३६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

यस साताको आइतबार, बुधबार र बिहीबार बजार घटेको छ । आइतबार बजार ५३.६४ अंक, बुधबार ९०.७४ अंक र बिहीबार बजार १२.१ अंकले ओरालो लाग्यो । सोमबार बजार १२७.३२ अंक र मंगलबार ६.९५ अंकले बढको थियो ।

आइतबार साढे १० अर्ब, सोमबार १३ अर्ब, मंगलबार साढे १३ अर्ब, बुधबार १२ अर्ब ९२ करोड र बिहीबार नौ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ४३ खर्ब ३६ अर्ब ४९ करोड रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ कायम थियो ।

यस साताको अन्तिम दिनसम्म वाणिज्य बैंकिङ समूहको परिसूचक १,५२३.९४ विन्दुमा छ भने विकास बैंक समूह ५,५३८.२५, फाइनान्स समूह ३,४४३.८६, होटेल तथा पर्यटन समूह ६,९९५.६० र हाइड्रोपावर समूह ३,३३८.१७ विन्दुमा छ ।

लगानी समूहको परिसूचक १०९.९१ विन्दुमा, लाइफ इन्स्योरेन्स समूहको परिसूचक १३,५९६.६१ विन्दुमा, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७,१७९.८७ विन्दुमा, माइक्रोफाइनान्स समूह परिसूचक ५,२१२.४० विन्दुमा बन्द भएको छ ।

त्यसैगरी म्युचुअल फन्ड समूहको परिसूचक २१.९० विन्दुमा, निर्जीवन बिमा समूहको परिसूचक १३,७६८.४२ विन्दुमा ‘अन्य’ समूहको परिसूचक २,०७९.७० विन्दुमा र व्यापार समूहको परिसूचक ३,७५९.४३ विन्दुमा बन्द भएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro