site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंका डेभ्लपमेन्टविरुद्ध नेपाल पाँच विकेटले पराजित

काठमाडौं । श्रीलंका डेभ्लपमेन्टसँगको अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको अन्तिम अभ्यास खेलमा नेपाल पाँच विकेटले‍ पराजित भएको हो ।

नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभ्लपमेन्टले २६.५ ओभरमा पाँच विकेट गुमाएर भेटाएको हो ।

त्यसअघि, टस हारे‍र सुरुमा ब्याटिङमा आएको नेपालले ४० ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो । नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ४३ रन र कुशल मल्लले ३५ रन बनाएका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्