site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एप्पल इभेन्ट : आईफोन १६, एप्पल इन्टेलिजेन्सलगायत सार्वजनिक हुँदैछन् यी प्रोडक्ट

काठमाडौं । आउँदो सोमबार (सेप्टेम्बर ९) मा एप्पल इभेन्ट २०२४ हुँदै छ । कम्पनीले यसपटकको इभेन्टलाई ‘ग्लोटाइम’ भनेको छ । 

इभेन्टमा एप्पल इन्टेलिजेन्स सार्वजनिक हुने अपेक्षा गरिएको छ । यस्तै एप्पलको डिजिटल असिस्टेन्ट सिरीमा पनि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको विशेष अपडेट आउने बताइएको छ ।

आईफोन १६, १६ प्रो र १६ प्रो म्याक्स
इभेन्टमा आईफोन १६ प्रो म्याक्स ठूलो डिस्प्ले र पातलो बेजल्समा सार्वजनिक हुनेछ । यसको स्क्रिन साइज ६.८६ इञ्च रहनेछ । क्यामेराको लेन्स पातलो र हलुका एवं जुम गर्ने क्षमता थप सुधार गरिएको छ । 

आईफोन १६ र १६ प्लसमा क्यामेरा सेटअप डाइगोनल नभई ठाडो रहेको बताइएको छ । यसबाहेक चार्जिङको समस्यालाई केही हदसम्म समाधानस्वरुप ठूलो ब्याट्री र प्रो मोडलमा वाईफाई ७ रहने ठानिएको छ ।

एप्पल वाच सिरिज १०
एप्पल वाचको दशौं सिरिज इभेन्टमा सार्वजनिक हुँदै छ । यो घडी पातलो र ठूलो डिस्प्लेमा सार्वजनिक हुने बताइएको छ । आईफोन १६ मा झैँ यो घडीमा पनि नयाँ प्रोसेसर एस १० समावेश छ । यसले एआई सुविधा समावेश छ । इभेन्टमा प्लास्टिक बडीसहितको सस्तो एप्पल वाच एसई पनि सार्वजनिक हुनेछ । 

एयरपोड्स ४
कम्पनीले एयरपोड्स ४ का दुई संस्करण सार्वजनिक गर्नसक्ने बताइएको छ । सस्तो संस्करणले हाल उपलब्ध एयरपोड्स २ लाई रिप्लेस गर्नेछ । एडभान्स संस्करणले एयरपोड्स ३ लाई विस्थापित गर्नेछ । यसमा एक्टिभ नोइज क्यान्सिलेसन, फाइन्ड माइ फिचर्स र यूएसबी–सी पोर्ट रहनेछ ।

नयाँ म्याक
एप्पलले इभेन्टमा नयाँ एम ४ म्याक्सको घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ । कोभिड–१९ को महामारीदेखि नै आपूर्ति श्रृंखलाले म्याकको सार्वजनिक मितिलाई असर पारेको छ । यी बाहेक कम्पनीले सार्वजनिक गर्न थप प्रोडक्टहरूको जानकारी सोमबार राति पौने एघार बजे एप्पलको युट्युब च्यानलको लाइभबाट पनि थाहा पाउन सकिनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro