site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अग्नीदहन’ भारतको सीतामढीमा प्रदर्शन

काठमाडौं । चलचित्र ‘अग्नीदहन’ भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । 

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरिशचन्द्र पाण्डेय र चलचित्रको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको हो । 

आगामी छठ पर्वका अवसरमा चलसिचत्र ‘अग्नीदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर हुँदै छ ।

फिल्मका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको  ‘डरलाग्दो’ विषयलाइ चलचित्रमा उठान गरिएको बताए । 

“चलचित्रमा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट चलचित्रमा उतारेका छौँ । चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ,” उनले भने । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । 

यो चलचित्र नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro