site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीजअघि एक महिनामा नेपाल भित्रिएको थियो साढे ३९ करोडको सारी र धोती 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँको सारी र धोती भित्रिएको छ । भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको सारी तथा धोती नेपालले विभिन्न देशबाट आयात गरेको हो ।

गत साउन महिनामा नौ लाख २४ हजार ९५४ थान सारी तथा धोती नेपालमा भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

साउनमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँको कटनको सारी तथा धोती र २८ करोड २९ लाख ६ हजार रुपैयाँको फाइबरको सारी तथा धोती नेपालले आयात गरेको छ ।

नेपालमा सारी तथा धोती चीन, भारत, इन्डोनेसिया, बेलायत र अमेरिकाबाट आउने गरेको छ । गत साउन महिनामा भारतबाट मात्र नेपालमा ३९ करोड १६ लाख २४ हजार रुपैयाँको सारी तथा धोती नेपाल भित्रिएको देखिन्छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन अर्ब ५१ करोड १७ लाख ३१ हजार रुपैयाँको सारी तथा धोती आयात गरेको थियो । २०८० को साउन महिनामा नेपालले २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी तथा धोती आयात गरेको थियो । 

अघिल्लो वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ करोड रुपैयाँभन्दा बढीको सारी तथा धोती नेपालमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro