site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई ऊर्जामन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले दुई ठूला राजनीतिक दलहरूको सरकार रहेको भन्दै नागरिकहरूले पनि विश्वासका साथ लिइरहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

अहिलेको सकरकारलाई आर्थिक हिसाबले देशलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । धेरै कम्पनीलाई एकै ठाउँ राखेर देशको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे ।

देशको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए । सरकारको सोही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने उल्लेख गरे ।


 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro