site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शंकास्पद अवस्थामा वाग्मती प्रदेश–०२–०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका मूलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका–३ का ४० वर्षीय कृतिबहादुर थापालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर वाग्मती प्रदेश–०२–०३५ प ५१७५  रहेको उक्त मोटरसाइकल काठमाडौंकै नयाँ बानेश्वरस्थित पिपलबोटबाट  हराएको भनी काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–५ बस्ने चन्द्रप्रसाद तिमिल्सिनाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro