site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुख्यसचिव अर्यालले परिसंघसँग भने– निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधबार मुख्यसचिव अर्याललाई बधाई तथा शुभकामना दिँदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए ।

समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताएका थिए । पछिल्लोपटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro