site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६ हजार ८३१ जनामा डेंगी पुष्टि, इन्सेफ्लाइटिसले तीनजनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो वर्ष हालसम्म ६ हजार ८३१ जनामा डेंगी संक्रमण पुष्टि भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले डेंगीका कारण चारजनाको मृत्यु भएको समेत जानकारी गराए । डेंगी नियन्त्रणका निम्ति मन्त्रालयले सबै तहसँग मिलेर काम गरिरहेको उनले उल्लेख गरे ।

यो अवधिमा देशभर ७८ जनामा हैजाको संक्रमण पुष्टि भएको उनले बताए । बाँकेको नरैनापुरमा चारजनाको मृत्यु भएको विषयमा झाडापखालाको कारण पत्ता लगाउने प्रयास भइरहेको उनले जानकारी गराए ।

उनले इन्सेफ्लाइटिसका कारण तीनजनाको मृत्यु भएको बताए । सबै सरुवारोग नियन्त्रणका निम्ति मन्त्रालय गम्भीर रहेको उनले उल्लेख गरे । उनले सरकारी अस्पतालको सेवा सुविधा विस्तार गर्ने, लाइन घटाउने काम भइरहेको पनि बताए ।

छलफलपछि समितिले सेवा लिने बिरामीका निम्ति सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाट सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आमनागरिकले सहज रूपमा सेवा पाउने अवस्था निश्चित गर्ने सम्बन्धमा विगतमा दिइएका निर्देशनको कार्यान्वयन गरी त्यसको प्रगति विवरण १० दिनभित्र समितिसमक्ष उपलब्ध गराउन भनिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

यस्तै, औषधिको गुणस्तर निश्चितताका निम्ति नियमन र दर्ता नभएका पोषण परिपूरकको जथाभावी बिक्री–वितरण रोक्न समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । हिमालन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro