site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुक्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । 

आज बिहान ७ बजेदेखि तमैल बजारनजिकै सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए । उनले बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए । 

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसीबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी र्दिए । उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro