site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीका लागि ‘निसान फेस्टिभ डिल’ अफर योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेलमा लागु हुने कम्पनीले जनाएको छ । नजिकिँदै गरेका चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीको भनाइ छ ।

Argakhachi Cement Island Ad

चाडपर्वको अवधिभरी लागु हुने ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क बिमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन बर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्