site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा टुक्र्याइयो
क्रमश: नारायणप्रसाद रिसाल र दीर्घराज मैनाली ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई टुक्र्याएर दुईवटा महाशाखा बनाएका छन् । हाल नारायणप्रसाद रिसालले नेतृत्व गर्दै आएको महाशाखा अब दुई जनाले नेतृत्व गर्ने भएका छन् ।

“यो महाशाखा अब वित्तीय क्षेत्र व्यवस्थापन र संस्थान समन्वय महाशाखा हुने छ । वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मा नारायणप्रसाद रिसालले पाएका छन्,” अर्थ मन्त्रालय स्रोतले भन्यो, “संस्थान समन्वय महाशाखाको जिम्मा दीर्घराज मैनालीले पाएका छन् ।”

Argakhachi Cement Island Ad

मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट मन्त्रालय तानिएका थिए । उनी अहिलेसम्म जिम्मेवारीविहीन थिए । अब संस्थान समन्वय महाशाखाको जिम्मा पाएका छन् ।

योसँगै अर्थ मन्त्रालयमा महाशाखाको संख्या १० पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्