site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युयोर्क राज्यका गभर्नरकी पूर्वसहयोगी चिनियाँ एजेन्ट भएको आरोपमा पक्राउ

काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यका गभर्नरकी पूर्वसहयोगीलाई चीन सरकारको अज्ञात एजेन्टका रूपमा काम गरेको आरोप लागेको छ ।

पूर्वगभर्नर एन्ड्र्यू कुमो र वर्तमान गभर्नर क्याथी होचुलको सहयोगीका रूपमा काम गर्ने पूर्वअधिकारीलाई मंगलबार पक्राउ गरिएको बताइएको छ ।

वर्तमान गभर्नर क्याथी होचुलका लागि डेपुटिचिफ अफ स्टाफ बन्नुअघि लिन्डा सनले न्युयोर्क राज्य सरकारका धेरै पदमा करिब १४ वर्ष काम गरेकी थिइन् ।

मंगलबार बिहान उनका श्रीमान् क्रिस हुससहित लङ आइल्यान्डमा रहेको ३५ लाख अमेरिकी डलर पर्ने घरबाट पक्राउ गरिको हो ।

दम्पतीले ब्रुकलिनमा मजिस्ट्रेट न्यायाधीश पेगी कुओ समक्ष उक्त आरोपमा दोषी नभएको दाबी गरेका छन् ।

त्यसपछि न्यायाधीश कुओले सनलाई १५ लाख अमेरिकी डलर र हुलाई पाँच लाख अमेरिकी डलर धरौटीमा रिहा गर्न आदेश दिएका छन् । उनीहरूको अर्को पेसी सेप्टेम्बर २५ का लागि तोकिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro