site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु

मनिला । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको सरकारले मंगलबार जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताए ।  

उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुईजनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चारजना बेपत्ता छन् ।

उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकाशं महिला तथा बालबालिकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।  

साताव्यापी रूपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीपसमूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।  

फिलिपिन्सको मौसम विभागका अनुसार यागी मंगलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।

यागीले बुधबार फिलिपिन्स छोड्ने, पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro