site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खुस्मा’को कथामा द्वन्द्वको बाछिटा, धिरज भन्छन्– बाल्यकालीन कल्पनाको प्रेम मुख्य कथा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता धिरज मगरले सरकार–माओवादी द्वन्द्वले प्रेम सम्बन्धमा पार्ने प्रभाव नै चलचित्र ‘खुस्मा’को मुख्य विषय भएको बताएका छन् । बाल्यकालमा आफ्नो प्रेमलाई लिएर गरिने कल्पनालाई चलचित्रले मुख्य विषय बनाएको उनको भनाइ छ । 

“हामी बाल्यकालमा आफ्नो प्रेम यस्तो होस् भनेर जस्तो प्रेमको कल्पना गर्छौं, त्यस्तै पियोर प्रेम कथा भन्ने चलचित्र हो यो,” धिरज भन्छन्,” वास्तवमा नेपालमा चकलेटी फेस हुने नायकलाई टाइपकास्ट गर्ने चलन छ । यसमा म टाइपकास्ट भएको छैन । क्यारेक्टर आर्टिस्टको जस्तै रोल छ ।” आफू दोस्रो सिनेमाबाटै फरक फरक भूमिका र क्यारेक्टरमा काम गर्दै आएको उनले बताए । 

नायिका उपासना सिंह ठकुरी फरक वातावरणमा भएको प्रेम कथामा आफूले ‘खुस्मा’मा काम गरेको बताउँछिन् । चलचित्रमा गाउँको कल्चर र कथा रहेको उनको भनाइ छ । क्यारेक्टरलाई न्याय गर्न आफूले गाउँमै गएर अध्ययन गरेको उनले स्मरण गरिन् । 

“हाम्रो सिनेमाको फर्स्ट ड्राफ्ट अर्कै थियो । तर जब हामी गाउँमै गएर काम गर्यौं । त्यसपछि कथामा परिवर्तन गर्यौं,” उनले भनिन् । 

धिरजले स्थानीय जनजीवन र चरित्र बुझ्न र न्याय गर्न आफूले धेरै डकुमेन्ट्री र पुस्तकको अध्ययन गरेको बताए । 

निर्देशक अशोक थापा मगर चलचित्र द्वन्द्वको कथा नभएको बताउँछन् । उनले द्वन्द्वको पृष्ठभूमीमा मात्रै कथा भनिएको उनले प्रष्ट पारे । 

“हाम्रो चलचित्र सरकार–माओवादी द्वन्द्वको कथा होइन । द्वन्द्वको बाछिटा मात्रै छ,” निर्देशक अशोक भन्छन्, “यो चलचित्र कुनै पक्षतिर नढल्किएर तटस्थ भएर बनेको छ ।” द्वन्द्वमा प्रवेश नै नगरी चलचित्र बनाएको उनको भनाइ छ । 

चलचित्र कसैको व्यक्तिगत वास्तविक कथामा नबनेको यद्यपि केही अशं भने आफन्तबाट लिएको उनले प्रष्ट पारे । “मेरो साथीको आफन्तले भोगेको कुराले मलाई टच गरेको हो । तर त्यो सिनेमाको सानो अंश मात्रै हो,” उनले भने, “बाँकी कथा छुट्टै हो ।” 

चलचित्र असोज ३ गते रिलिज हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro