site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच वर्ष अगाडिको घटना सम्झाउँदै सांसद गौतमले उठाइन् औषधिमा गुणस्तर र सरकारी नियमनबारे प्रश्न
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले औषधिको गुणस्तर र यसको नियमनबारे संसद्मा प्रश्न उठाएकी छन् । पाँच वर्षअघि नेपाल मेडिकल कलेजमा भएको घटना र यसबाट पीडित गमला गेलालको न्यायलाई जोडेर उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएकी हुन् । 

पीडित गेलालले न्याय पाउनुपर्ने, घटनाका सम्बन्धमा लुकाइएको ‘र’ रिपोर्ट बाहिर आउनुपर्ने र औषधिका सम्बन्धमा औषधि व्यवस्था विभाग जिम्मेवार हुनुपर्ने उनको माग छ ।

काठमाडौं शंखरापुरकी गेलाललाई २०७६ फागुनमा प्रसूतिका क्रममा दिइएको औषधिले उनको मिर्गौलामा गम्भीर असर निम्त्याएको थियो । उनीसहित तीन  सुत्केरीलाई एकैपटक उस्तै समस्या देखिएकोमा एकजनाको मृत्यु, गमलाको मिर्गौला प्रत्यारोपण गर्नुपरेको र अर्की एक सुत्केरीको उपचारपछि मिर्गौला ठिक भएको थियो ।

प्रसूतिका क्रममा प्रयोग गरिएको मेट्रोनिडाजोल औषधिमा विषाक्त पदार्थ भेटिएको अस्पतालको प्रारम्भिक निरीक्षणका क्रममा भेटिएको थियो । सो औषधिको प्रयोगशाला परीक्षणसहितको रिपोर्ट औषधि व्यवस्था विभागलाई बुझाइएको थियो ।

तर, विभागले सात महिनापछि औषधिमा विषाक्तता नभएको रिपोर्ट सार्वजनिक गरेको थियो । यसको रिपोर्ट भने हालसम्म सार्वजनिक गरिएको छैन ।

‘र’ रिपोर्ट सार्वजनिक नगर्नु, विभागले औषधिबारे थप अनुसन्धान नगर्न र त्यसपछि राज्यका कुनै निकायले गमलाको उजुरी दर्ता नगर्नुले औषधि नियमनमा सरकार गम्भीर नदेखिएको उनको भनाइ छ ।

“औषधि व्यवस्था विभागले औषधिमा विषाक्तता छैन भन्दैमा गमलालाई न्याय हुन्छ त ? अहिलेसम्म औषधिको गुणस्तरका सम्बन्धमा ककसलाई कति कारबाही गर्‍यो त,” सांसद गौतमले प्रश्न उठाइन् ।

गमला गेलालको आर्थिक अवस्था पनि नाजुक रहेकाले उनले न्याय पाउनुपर्ने र औषधिसँग जोडिएका सबैखाले घटनामा राज्यको बलियो नियमन हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro