site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजदूत सिफारिस समावेशी नभएकामा परराष्ट्रमन्त्रीले मागिन् माफी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकामा माफी मागेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् ।

सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिस गर्न चाहे पनि त्यसका निम्ति प्रस्तावित उमेदवारका रूपमा कसैले दाबी नगरेको उनले बताइन् । “...दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तिहरूमा दलित प्लस मुस्लिम यो दुईवटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी,” उनले भनिन् ।

उनले एउटा राजदूत पद खाली भएको र त्यसमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् । उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदूतले मुलुकको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास व्यक्त गरिन् ।

बैठकमा सांसदहरूले राजदूत नियुक्ति समावेशी नभएको भन्दै आउँदा दिनमा सच्याउन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro