site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीमाथि आक्रोश पोखिएको बालेनको फेसबुक स्टाटस किन हट्यो ? 

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालशोषण गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमा राखेको पोष्ट (स्टाटस) हटेको छ । बालेनको सचिवालयले दिएको जानकारीअनुसार धेरै व्यक्तिले रिपोर्ट गरेका कारण उक्त पोष्ट हटेको हो । 

बालेन सचिवालयका अनुसार प्राविधिकको टिमले अहिले उक्त पोष्ट रिकभर गर्ने प्रयास गरिरहेको छ । नेकपा (एमाले)की शर्माले बालशोषण गरेको आरोप लगाउँदै महानगरका मेयर बालेनले आइतबार साँझ फेसबुकमा लामो पोष्ट हालेका थिए । प्रदेश सांसद शर्माको फोटोसहितको पोस्ट गरेका बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए । 

“(रेखा शर्मा)ले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्नभन्दा पनि यो सरकारले समातेको छैन,’’ बालेनले अगाडि लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समाऊ भनेको तपाईंका सांसद रेखा शर्मालाई बालशोषण गरेको मुद्दा समाउनलाई भन्दछ ? कहिले समाउने कि नसमाउने ?’’ 

Dabur Nepal
NIC Asia

के हो विषय ? 
१४ जेठमा काठमाडौं महानगरले प्रदेससभा सदस्य शर्माको घरबाट एक बालिकालाई उद्धार गरेको थियो । बालिकाको उद्धारपछि उनका अभिभावक बोलाएर महानगरले छलफल समेत गरेको थियो । 

प्रहरीका अनुसार सांसद शर्मा दाङ बस्दै आएकी छन् । धुम्बाराहीस्थित शर्माको घरमा भने ती बालिका र शर्माकी छोरी बस्दै आएका थिए । शर्माकी छोरीको पनि भक्तपुरका बिहे भएपछि बालिका प्रायः एक्लै हुने गरेकी थिइन् । 

शर्माको परिवार कहिलेकाहीँ काठमाडौं आएको बेला घरमा हुने भएकाले सहयोगीका बालिका राखेकी थिइन् । बालिका धुम्बाराही स्कुलमा पढ्दै पनि आएकी थिइन् । 

महानगरले ती बालिकालाई शर्माको घरबाट उद्धार गरेर आफ्नो सेफ सेल्टरमा ल्यायो । तर, बालिकाका आमा बुबाले महानगरपालिकाले गैरकानुनी तरिकाले आफ्नी छोरीलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिए । सर्वोच्चले उक्त रिट खारेजमात्रै गरेन, परिवारका सदस्यलाई भेट्न दिने गरी महानगरलाई नै पालनपोषण गर्न अनुमति दियो । 

त्यसपछि महानगरले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा निवेदन दियो । तर, शर्मा फेरि बन्दी प्रत्यक्षीकरणको रिट लगेर उच्च अदालत पाटन पुगिन् । उच्च अदालतले समेत उनको रिट खारेज गरिदियो तर, शर्मामाथि अझै कानुनी प्रक्रिया अघि नबढेपछि बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन् । 

मेयर बालेनले फेसबुकमा लेखेअनुसार बालिकाको उद्धारपश्चात उनलाई तीन चरणको काउन्सिलिङ गरिसकेको छ । बालेन लेख्छन्, ‘‘सोही काउन्सिलिङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत आठ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउने लगायतका काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी (रेखा शर्मा)ले लट्ठी र पाइपले पिट्ने गरेको, मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।’’ 

प्रदेशसभा सदस्य शर्माले नै बालिकाका बुबालाई उक्साएर सर्वोच्च र उच्च अदालतमा रिट हाल्न लगाएको मेयर बालेनको आरोप लगाएका छन् । बालेनले प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै लेखेका छन्, ‘‘प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इसारामा चल्ने हुनुपर्ला ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro