site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार प्रदान 

काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिएको छ । 

सोमबार काठमाडौंमा आयोजित १५९औँ मोती जयन्तीका अवसरमा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले पुरस्कृत व्यक्तित्वलाई ४० हजार रुपैयाँको थैलीसहित सम्मानपत्र प्रदान गरे । 

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिसअनुसार उक्त पुरस्कार धादिङका श्रेष्ठलाई समर्पण गरिएको विज्ञप्तिमा जनाइएको छ । 

पुरस्कार ग्रहण गरेसँगै श्रेष्ठले नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने बताए । 

उक्त अवसरमा प्रा.डा. पोखरेल, कोषका सचिव डा. विष्णुबहादुर भण्डारी, साहित्यकार रमा शर्मालगायतले मोतीराम भट्टको साहित्यिक योगदान र युवा वर्ष मोती पुरस्कारको गरिमामाथि बोलेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro