site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रकाश तामाङले भेटे प्रधानमन्त्री

काठमाडौं । 'हेर्ने कथा'को 'हराएको कथाहरू'बाट चर्चित प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार साँझ बालुवाटार पुगेर प्रकाशले ओलीलाई भेटेका हुन् ।

"प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरू कुरामा पनि सहज हुन्छ, खुसी लाग्यो," सामाजिक सञ्जालबाट ओलीले भनेका छन् ।

Dabur Nepal
NIC Asia

यसअघि, भदौ १२ गते प्रकाशको नागरिकता बनाउन प्रधानमन्त्री ओलीले पहल थाल‍ेको बताएका थिए । ओलीले तत्कालीन गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता बनाउन लाग्ने प्रक्रियाबारे बुझेका थिए ।

प्रकाशले आइतबार नागरिकता पाइसकेका छन् । भोजपुरको षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर प्रशासनको टोलीले नागरिकता प्रदान गरेको थियो ।

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौं आउँदा हराएका प्रकाश गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा थिए । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उनको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro