site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’बारे बहस

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले ‘बदलिँदो परिवेशमा तिज र तिजगीतको सान्दर्भिकता’ विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन गर्दै पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर तिज मनाउँदै आएको बताउँदै यसलाई नारी मुक्तिको विद्रोहसँग पनि जोडेर हेर्नुपर्नेमा उनले जोड दिए । 

सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तिज नारीबीच एकआपसमा सुखदुःख, अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व भएको बताए । 

साहित्य (काव्य/पद्य) विभागका प्रमुख बाबा बस्नेतले तिज पुरातन संस्कृति र परम्परामा आधारित भए पनि समयसापेक्ष नवीनशैली देखापरेको बताइन् ।

कार्यक्रममा सुधा मैनालीले 'बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा प्रा.डा. ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृतिप्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताइन् । 

सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्न ‘शिव महापुराण’को अध्ययन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro