site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पलेशा गोवर्धनलाई राप्रपाको बधाई
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फ्रान्सको पेरिसमा भएको पारालम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जित्न सफल पारा तेक्वान्दो खेलाडी पलेशागोवर्धनलाई बधाई तथा शुभकामना दिएको छ ।

Dabur Nepal

सोमबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्तिमार्फत सीमित स्रोत साधनका बाबजुद पलेशाले प्राप्त गरेको कांस्य पदकसहितको सफलताले अत्यन्तै प्रसन्न तुल्याएको बताएका छन् ।

"नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेशाको सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको छ । उनले नेपाललाई दिलाएको पदक राष्ट्रिय गौरवको विषय हो," लिङ्देनले भनेका छन् ।

उनले खेलकुद क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने पनि बताएका छन् । खेलकुदमा लगानी वृद्धि गरेर खेलाडीलाई हौसला प्रदान गरी मनोबल उच्च बनाउने काममा सरकारको ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा गत शुक्रबार राति भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी थिइन् । उनले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै पदक पक्का गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro